३ असार २०७७, बुधबार
  • कृष्ण बिष्ट

बैतडी, ३ असार । बैतडीका थप एक काेराेना संक्रमितलाई डिस्चार्ज गरिएको छ । संक्रमितलाई कुनै लक्षण नदेखिएपछि बैतडीका छैटौँ संक्रमित पाटन नगरपालिका ८ का ३४ वर्षीय युवालाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको हो ।

नगरपालिकाका स्वास्थ्य साखा प्रमुख मदन सिंह महराका अनुसार संक्रमण भएको २ हप्तासम्म पनि कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको हो । उक्त युवालाई एक हप्ता ‘होम क्वारेन्टाइन’मा बस्न आग्रह गरिएको महराले जनाकारी दिनुभयाे ।

उनि जेठ ९ गते भारतबाट आएका थिए । भारतबाट आएलगत्तै भिमदत्त प्राविधिक शिक्षलायको क्वारेन्टाइनमा राखिएको थियो । जेठ १४ गते उनको स्वाब संकलन गरिएको थियो ।

जेठ १९ गते काेराेना संक्रमण पुष्टि भएपछि पाटन नगरपालिका ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा रहेका थिए । यसअघि बैतडीको शिवनाथ गाउपालिका ४ का ४ जना कोरोना संक्रमितलाई पनि सेती प्रादेशिक अस्पतालले लक्षण नदेखिएको भन्दै डिस्चार्ज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV