३ असार २०७७, बुधबार

काठमाडौं, ३ असार । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल कालापानीको छाँग्रु बोर्डर आउट पोस्ट (बीओपी)को निरीक्षण र छाँग्रु-तिङ्कर सडक खण्डको अनुगमन गर्न दार्चुला पुग्नु भएको छ । भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको सीमा सुरक्षाका लागि राखिएको अस्थायी बोर्डर आउट पोस्ट (बीओपी)क्याम्प निरीक्षण गर्न उहाँहरू सेनाको हेलिकप्टरमार्फत दार्चुला पुग्नु भएको हो ।

 


लकडानको मौका छोपेर नेपाली भूमिमा भारतले सडक निर्माण गरेर उद्घाटन गरेपछि एकमहना अघि नेपाल सरकारले सो क्षेत्रको सीमा सुरक्षाका लागि तत्काल शसस्त्रको अस्थायी क्याम्प बसालेको थियो ।

प्रधानसेनापति थापा र सशस्त्र प्रहरी बलका प्रमुख खनालले सोही (बीओपी) र  नेपाली सेनाले बनाइरहेको छाँग्रुदेखि तिंकर भन्ज्याङसम्म पुग्ने ८७ किलोमिटर सडकको पनि अनुगमन गर्नुहुने छ । उहाँहरु सँगै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तम सुवेदीसमेत दार्चुला पुग्नुभएको बताइएको छ । अस्थायी क्याम्पमा अहिले २५ जना सशस्त्र प्रहरी भाडाको घरमा बसिरहेका छन् । यो क्याम्प कालापानी क्षेत्रबाट १२ किलोमिटर वर रहेको छ । उहाँहरू आजै साँझ धनगढी फर्किने कार्यतालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV