विद्यार्थी संख्या कम भएपछि बैतडीका पुर्चौडी नगरपालिकाले १३ विद्यालयलाई समायोजन गर्याे



प्रकाशित मिति : Jun 17, 2020
  • कृष्ण बिष्ट

बैतडी, ३ असार । बैतडीको पुर्चौडी नगरपालिकाले १३ वटा विद्यालयहरु समायोजन (मर्ज) गरेको छ । हिजो (मंगलबार) बसेको नगरकार्यपालिकाको बैठकले विद्यार्थी संख्या कम भएका १३ वटा विद्यालयलाई समायोजन गरेको हो। नगरपालिकाको निर्णय अनुसार वडा नं १ को शिक्षोदय आधारभूत विद्यालय बिसालनगरलाई निमुन मावि खिमापुर आफलामा, वडा नं २ को लटिनाथ आधारभुत बिद्यालयलाई डिलेश्वरी माबी हाटमा, कलम आधारभुत विद्यालयलाई कैलपाल आधारभूत विद्यालयमा, ज्ञान बाटिका आधारभूत विद्यालयलाई दडमेता आभरभूति विद्यालय सिमतानीमा समायोजन गरेको हो ।

यस्तै वडा नं ४ मनकामना आधारभूत विद्यालयलाई पहरल माध्यामिक बिद्यालय बागामा, सुर्यज्योती आधारभूत विद्यालयलाई पहरल माध्यामिक विद्यालय बागामा समायोजना गरिएको हो । वडा नं ५को मनकामना आभारभूत विद्यालयलाई अमरज्योती आधारभूत विद्यालय ढुङ्मा, सन्तोस आधारभूत विद्यालय खोलीगाउलाई भुमिराज मावि दहतालमा समायोजन गरिएको छ ।

वडा नं ७ जय निर्पाल आधारभूत विद्यालयलाई गलिनाथ मावि बढगाउमा, गोफा आधारभूत विद्यालय सत्गाडलाई दशरथ आधारभूत विद्यालय ऐरीगाँउमा समायोजन गरिएको हो । वडा नं ७ कै सुर्योदय आधारभूत विद्यालय ऐराडीलाई वडा नं ७ को जनजेतना आधारभुत बिद्यालय कोटीलामा, वडा नं १०को केदार आधारभूत विद्यालय परालीलाई सत्य मावि बिजयपुरमा र वडा नं ८ को समैजी आधारभूत विद्यालय गुमल्तडीलाई नेपाल रष्ट्रिय मावि पिपलकोटमा समायोजन गरिएको नगरपालिकाका शिक्षा साखा प्रमुख दिनेश नागरीले बताउनुभयो ।

५ वटा विद्यालयको तहगत समायोजन

यसैगरी नगरपालिकाले वडा नं ७ को भुवनेश्वरी आधारभुत विद्यालयलाई वडा नं १ को डिलेशवरी मावि हाटमा, वडा नं ७ को लटिनाथ आधारभूत विद्यालय एरीगाँउलाई सोहि वडाको दशरथ आधारभूत विद्यालय ऐरीगाँउमामा तहगत समायोजन गरिएको छ । यस्तै वडा नं ८को जनता आधारभूत विद्यालयलाई वडा नं ८ कै रत्न आधारभूत विद्यालय रतनपुरमा तहगत समायोजन गरिएको शिक्षा साखा प्रमुख नागरीले बताउनुभयो ।

यसैगरी वडा नं ८ कै गलिनाथ आधारभूत विद्यालयलाई वडा नं ८ कै डिलाशैनी आधारभुत विद्यालय मल्लादेहिमामा र वडा नं ४ को जनज्योती आधारभूत विद्यालय खानीडाडालाई वडा नं ३ कै गौरीकन्या आधारभूत विद्यालय जोग्यौडामा तहगत समायोजन रिएको हो ।

यस्तै विद्यालय समायोजन गर्ने बैतडीको पहिलो नगरपालिका पुर्चौडी नगरपालिका बनेको छ । विद्यार्थी संख्याको आधारमा विद्यालयहरु समायोजन मर्ज गरिएका र तहगत समायोजनमा तहगत कक्षामा विद्यार्थी संख्या न्युन भएकाले तह मात्रै समायोजन गरिएको नगरपालिकाका शिक्षा साखा प्रमुख नागरीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com