३ असार २०७७, बुधबार

काठमाडाैं, ३ असार । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार नवलपरासीकाे बर्दघाट सुस्तापूर्व र पर्वतका गरी २१ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।

योसँगै गण्डकीमा सङ्क्रमितको संख्या २ सय ४७ पुगेको छ । नयाँ थपिएकामा नवलपरासी बर्दघाट सुस्तापूर्वका १८ जना र पर्वतका ३ जना रहेका छन् ।

नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाका १४, मध्यबिन्दु नगरपालिकाका २ र कावासोती नगरपालिकाका १ जना रहेका छन् । १ जना संक्रमितको भने ठेगाना खुल्न सकेको छैन ।

उनीहरु सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका कोरोना सङ्क्रमित २ सय ४७ मध्ये अहिलेसम्म २२ जना निको भएर घर फर्किएका छन् भने एक जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV