३ असार २०७७, बुधबार
  • बसन्त लिम्बू

ताप्लेजुङ, ३ असार ।  ताप्लेजुङमा पहिराेले एक विद्यालयको भवन बगाएकाे छ । गएरातिको अविरल वर्षपछि गएकाे पहिरोले फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर-४ ईखाबू, खानीमा रहेकाे रानी आधारभूत विद्यालयको ४ कोठे भवन बगाएकाे हाे ।

तस्विर सौजन्य : विनोद तामाङ

विद्यालयका प्रधानाध्यापक प्रेम खतिवडाका अनुसार पहिरोले विद्यालयको ४ कोठे भवन, २ कोठे पक्की ट्वाइलेट, विद्यालयको खाजाघर समेत बगाएकाे छ ।

ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक महेन्द्र कुमार श्रेष्ठका अनुसार स्थानीयले लगाएको मकैवारीमा पनि क्षति पुगेको छ । घटनास्थलतर्फ प्रहरी चौकी तापेथोकको प्रहरी टोली परिचालन गरिएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयाे ।

तस्विर सौजन्य : विनोद तामाङ

त्यस्तै, स्थानीय भक्त लाबुङको किचन र सुँगुर पहिरोले बगाएको छ भने स्थानीय २० घरले लगाएको मकैबारीमा क्षति पुगेको बताइएको छ । मानविय क्षतिको भने जानकारी नआएको डिएपी श्रेष्ठले जानकारी दिनुभयाे । सो स्थानमा गतवर्ष पनि पहिरो गएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV