३ असार २०७७, बुधबार

काठमाडाैं, ३ असार । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत विश्वमा काेराेना संक्रमित देशकाे लहरमा चाैथाे स्थानमा छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।

मंगलबार भारतमा हालसम्मकै सर्वाधिक दैनिक मृत्यु भएकाे छ । वर्डाेमिटर्सकाे अनुसार पछिल्लो २४ घण्टाको अवधिमा भारतमा २ हजार ६ जनाकाे मृत्यु भएकाे छ भने ११ हजार १३५ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

योसँगै देशभरी अहिलेसम्म सङ्क्रमितको संख्या ३ लाख ५४ हजार १६१ पुगेकाे छ भने मृत्यु हुनेकाे संख्या ११ हजार ९२१ पुगेकाे वर्ल्डाे मिटर्सले जनाएकाे छ । मंगलबार बिहानसम्म भारतमा संक्रमितकाे संख्या ३ लाख ४३ हजार २६ थियाे भने काेराेबाट मृत्यु हुनेकाे संख्या  ९ हजार ९१५ थियाे ।

अहिले भातरमा १ लाख ५४ हजार ६८८ जना सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी १ लाख ८७ हजार ५२२ जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म सवैभन्दा धेरै सङ्क्रमितको संख्या महाराष्ट्र प्रदेशमा रहेको छ । दोस्रो धेरै सङ्क्रमित रहेको तमिलनाडु प्रदेशमा रहेको मन्त्रालयले जनाएको छ ।

भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले सङ्क्रमितहरुको संख्या धेरै देखिँदै गएको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV