बजारमा सस्तो मूल्यमा पाइने ‘डेक्समेथासोन’ औषधि नै कोरोना उपचारमा सहयोगी बन्यो !



प्रकाशित मिति : Jun 16, 2020

एजेन्सी, २ असार । विश्वभरको वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सिन र औषधिको अनुसन्धान गर्न दिन रात लागिपरेका छन् । तर अहिले सम्म पत्ता लाग्न सकेको छैन ।

 

यसैक्रममा जहाँसुकै सस्तो मूल्यमा उपलब्ध हुने औषधि डेक्समेथासोनले कोरोना भाइरस संक्रमित गम्भीर बिरामीहरूको ज्यान बचाउन सहयोग पु¥याउन सक्ने निष्कर्ष निकालिएको छ । बेलायतका विज्ञहरूका अनुसार औषधिको थोरै मात्रामा प्रयोगले कोरोनाविरुद्धको लडाईमा ठूलो सफलता प्राप्त भएको छ ।

गम्भीर बिरामी परेको कारण भेन्टिलेटरको सहारा लिनु पर्ने बिरामीहरू, यस औषधिको कारण तिनीहरूको मृत्युको जोखिम लगभग एक तिहाईले घटेको छ। अक्सिजनको खाँचो परेको विरामीलाई समेत औषधिको कारण कोरोनाबाट मर्ने जोखिम एक तिहाईले कम गरेको बताइएको छ ।

डेक्सामेथासोन एक औषधि हो जुन सन १९६० को दशकदेखि गठिया र दमको उपचारमा प्रयोग गरिदै आइएको छ । कोरोना आधा भन्दा बढी बिरामीहरू जसलाई भेन्टिलेटर आवश्यक परेको हुन्छ । त्यस्ता विरामी जो बाँच्न असमर्थ हुन्छन् , त्यस्ता अवस्थाका विरामीको जोखिमलाई एक तिहाइले घटाउनु ठूलो सफलता भएको वैज्ञानिकहरुले बीबीसीलाई बताएका छन् ।

अन्वेषकहरूको अनुमान छ, यदि यो औषधि बेलायतमा संक्रमणको पहिलो चरणबाट प्रयोग गरिएको भए करिब ५००० व्यक्तिको ज्यान बचाउन सकिन्थ्यो। यो औषधि सस्तो पनि भएकोले यसले गरीब देशहरूका लागि लाभदायक हुन सक्छ।

यो औषधि पनि परीक्षणको एक अंश हो जुन हालका औषधिहरूको बारेमा जाँच भइरहेको छ । तर प्रभावकारिताको हिसाबमा डेक्सामेथासोन नै अगाडि देखिएको छ । कोरोनका २० बिरामीहरूमध्ये १९ जना अस्पतालमा भर्ना नभई निको भइरहेका छन् । अस्पतालमा भर्ना भएका धेरै बिरामीहरू पनि ठीक भइरहेका छन् ।

अक्सिजन वा भेंटिलेटरको खाँचोमा भएका बिरामीलाई यो औषधिले मद्दत गर्ने निष्कर्ष निकालिएको छ ।
यो औषधि पहिले नै सूजन कम गर्न प्रयोग गरिएको छ र अब अहिले आएर यस्तो अवस्था देखिएको छ कि यसले कोरोना भाइरसविरुद्ध लड्न शरीरको प्रतिरक्षा प्रणालीलाई सहयोग र्पुयाउँछ ।

अक्सफोर्ड युनिभर्सिटीको एउटा टोलीले अस्पताल भर्ना भएका २००० बिरामीहरुलाई यो औषधि दिएको थियो र त्यसपछि ४००० हजार बिरामीमा भने तुलनात्मक परीक्षण गरियो जसलाई भने औषधि दिइएको थिएन । भेन्टिलेटरबाट बचेका बिरामीहरूले यस औषधिको प्रभावबाट मर्ने जोखिम ४० प्रतिशतबाट २८ प्रतिशतमा घटाए, र अक्सिजन चाहिनेहरूले मर्ने सम्भावना २५प्रतिशतबाट २० प्रतिशतमा घटाए।

प्रोफेसर मार्टिन ल्यान्ड्रे, जो यो औषधिको अर्को एक अर्को शोधकर्ता हुन र उनी भन्छन्, “यस औषधिको सहायताले भेन्टिलेटरमा रहेका आठ जनामा एक जनाको जीवन बचाउन सक्नुहुन्छ, र अक्सिजनको खाँचोमा परेका बिरामीहरू मध्ये तपाईले प्रत्येक २०–२५ बिरामीहरूको लागि एक बिरामीलाई बचाउन सक्नुहुन्छ।”

उनले अगाडि थपे, “यो स्पष्ट रुपमा सहयोग र्पुयाउने औषधि हो। डेक्सामेथासोनको दश दिनको उपचार खर्चमा बिरामीको लागि करिब सय रुपैयाँ खर्च हुन्छ। त्यसैले बिरामीको जीवन केवल साढे तीन हजार रूपैयाँमा बचाउन सकिन्छ। र यो औषधि जताततै पाइन्छ। ”

यद्यपि यस औषधिले कोरोना बिरामीका हल्का लक्षण भएकालाई भने कुनै पनि सहयोग प्रदान गर्दैन। यसैले प्रोफेसर ल्यान्ड्रे भन्छन, आवश्यक परेको बेला अस्पतालमा भर्ना भएका बिरामीहरूलाई मात्र यो औषधि दिनु पर्छ र मानिसहरूले यो औषधि बजारबाट किन्ने र घरमा राखेर प्रयोग गर्ने प्रवृतिलाई भने पूरै निरुत्साहित गर्नु पर्छ , यस्को प्रयोग चिकित्सकीय सुझावमा मात्र प्रयोगमा ल्याउने बारे सबैलाई सचेत गर्न जरुरी छ । ’

यस्तै अर्को एक औषधि रेमेडिसेभियर हो, जसको सहयोगमा संक्रमितहरुलाई कोरोना संक्रमणबाट छिटो निको हुन मद्दत गरिरहेको औषधिका अन्वेषकहरको निष्कर्ष छ ।
बीबीसीबाट


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com