कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावबारे संसदीय अध्ययन हुनुपर्ने सांसदहरुको धारणा



प्रकाशित मिति : Jun 16, 2020

काठमाडौं, २ असार । संसदीय समितिमा सांसदहरूले कोरोनाका कारण अर्थतन्त्रमा देखिएको असरबारे संसदीय अध्ययन गर्नुपर्ने धारणा राखेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उनीहरुले कोरोनाका कारण धेरै क्षेत्रमा असर पारेको भन्दै समितिले यसबारे अध्ययन गर्नुपर्ने धारणा राखेका हुन् ।

सांसदहरुले कोरोनाका कारण राजस्व संकलनमा सरकारले राखेको लक्ष्य हासिल गर्न पनि अप्ठेरो हुने बताएका छन् । बैठकमा पूर्वअर्थमन्त्री समेत रहनुभएका सांसद सुरेन्द्र पाण्डले राजस्व संकलनमा कठिनाई देखिने बताउनुभयो । उहाँले अर्थतन्त्रलाई गम्भीर अवस्थामा धकेल्दै लगेको कारण बेलैमा सचेत हुनुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै पूर्वअर्थमन्त्री एवं सांसद ज्ञानेन्द्र बहादुर कार्कीले अहिले कोरोना नियन्त्रणका लागि रकम अभाव हुन दिन नहुने बताउनुभयो । त्यस्तै सांसदहरुले उत्पादन भएको खाद्य वस्तुको आपूर्तिलाई सहजीकरण गर्न र स्वदेशमा उत्पादन बृद्धि गर्न नीति बनाउनुपर्नेमा जोड दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com