पोखराका ९० बर्षीय वृद्धमा कोरोना भाइरसको संक्रमण



प्रकाशित मिति : Jun 16, 2020
  • उत्तम पौडेल

पोखरा, २ असार । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले ९० वर्षीय वृद्धमा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको छ ।

निर्देशनालयद्धारा जारी विज्ञप्ती अनुसार पोखरा महानगरपालिकाको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचाररत ९० बर्षीय १ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

उहाँलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा ल्याउने तयारी भैरहेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com