२ असार २०७७, मंगलवार
  • तारा आचार्य

विराटनगर, २ असार । प्रदेश सरकारले स्वास्थ्य कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर नै आगामी आर्थिक वर्ष ०७७/७८ का लागि बजेट ल्याएको प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बताउनु भएको छ ।

प्रदेश नं. १ सरकारले ल्याएको बजेट बारे जानकारी दिन आर्थिक मामिला तथा योजना मन्त्रालयले विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै आर्थिक मामिला मन्त्री आङ्बोले कोरोना महामारीका कारण प्राथमिकता निर्धारण परिवर्तन गरिएको र अंकका आधारमा भन्दा योजनाका आधारमा स्वास्थ्य र कृषि क्षेत्र अगाडि रहेको जानकारी दिनुभयो ।

उहाँले आगामी वर्ष राजस्व संकलन र योजना कार्यान्वयनमा समस्या आउन सक्ने भएकाले प्रदेश सरकार सचेत रहेको बताउनु भयो । प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष ०७७/७८ का लागि ४० अरब ८९ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

उहाँले कोरोना महामारीको संकटबाट जुध्न कोभिड अस्पताल निर्माण र जिल्ला अस्पतालहरुको स्तरोन्नतिका लागि यस वर्ष बजेट विनियोजन गरिएको र समग्र स्वास्थ्य क्षेत्रका लागि करिब ३ अरब बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

यसैगरी कृषि क्षेत्रका लागि ३ अरब ८३ करोड र सिंचाई तथा नदी नियन्त्रणमा ४ अरब ९ करोड रुपैया विनियोजन गरिएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV