२ असार २०७७, मंगलवार
  • घनश्याम मिश्र

जनकपुरधाम , २ असार । पछिल्लो २४ घण्टामा प्रदेश नम्वर २ मा थप १ सय ८५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

प्रदेश २ सरकारले नियमित रुपमा सञ्चालन गर्दै आएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पुष्टि भएकाहरुमा ७ महिला र १ सय ७८ जना पुरुष रहेका छन्।

जस अनुसार सप्तरी जिल्लामा ३ जना, सिराहा जिल्लामा २ जना, धनुषा जिल्लामा २१ जना, महोत्तरी जिल्लामा ८९ जना, सर्लाहीमा १६ जना, रौतहट जिल्लामा ५२ जना, पर्सा जिल्लामा २ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV