२ असार २०७७, मंगलवार

काठमाडौं, ०२ असार । मुलुकमा थप ३ सय ८० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय ८० जना संक्रमित थपिएका हुन् ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या ६ हजार ५ सय ९१ पुगेको छ । मन्त्रालयका अनुसार झापा प्रयोगशालामा गरिएको परीक्षणमा पाँचथरका र झापा १ जना गरी २ जनामा संक्रमण पुष्टि भएको छ ।

वीपी कोइाराला स्वास्थ्य प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका २ जना, सिरहाका २ जनामा पुष्टि भएको छ । यस्तै, जनकपुर प्रादेशिक अस्पतालमा भएको परीक्षणमा रौतहटका ३, महोत्तरीका १७ जना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पताल वीरगञ्जमा पर्साका २ जना संक्रमण पुष्टि भएको छ । यस्तै कास्की प्रयोगशालामा भएको परीक्षणमा गोरखाका १० जना, नवलपरासी पूर्वका २ जना, बागलुङका १ जना, तनहुँका २, कास्कीका ३ जना, स्याङजाका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, सेती प्रादेशिक अस्पतालमा अछामका १ जना, बैतडीका २१ जना, डोटीका २० जना, कञ्चनपुरका ११ जना, कैलालीका २३ जनामा पुष्टि भएको छ । यस्तै, भेरी अञ्चल अस्पताल प्रयोगशालामा बाँकेका १, बर्दियाका ९ जनामा संक्रमण पुष्टि भएको छ ।

राजविराज प्रयोगशालामा भएको परीक्षणमा सप्तरीका ३ जनामा संक्रमण पुष्टि भएको छ । रुपन्देही अस्पतालको परीक्षणमा अर्घाखाँचीका ३ जना, रुपन्देहीका ४ मा संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सल्यानका १ जना, दाङका ५६ जना नयाँ संक्रमित थपिएका छन् ।

धुलिखेल अस्पतालमा भएको परीक्षणमा धनुषाका २१ जना, रामेछापका १ जनामा पुष्टि भएको छ । यता, सुर्खेत प्रादेशिक अस्पतालमा दैलखेका ५ जना, सुर्खेतका ४ जनामा पुष्टि भएको छ ।

यस्तै, जनस्वास्थ्य प्रयोगशाला टेकुमा अर्घाखाँचीका ६ जना, काठमाडौंका १ जना, महोत्तरीका ७२, मोरङ का १, रौतहटका १४, रोल्पाका १ जना, रुपन्देहीका ३ जना, सर्लाहीका १६ जनामा संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा धनुषाका २१, रामेछापका १ जना र भरतपुरमा भएको परीक्षणमा नवलपरासी पूर्वका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, हालसम्म १ लाख ३३ हजार ९ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ५ हजार ५ सय ३१ जना छन् । यस्तै, आज ६७ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या १ हजार १५८ पुगेको छ ।

मन्त्रालयका अनुसार मुलुकभर १ लाख ४३ हजार ७ सय ३८ जनाको पीसीआर र आरडीटीबाट २ लाख २३ हजार ५ सय १९ जनाको परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV