२ असार २०७७, मंगलवार

काठमाडौं, ०२ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संविधान संशोधनका लागि शनिबार प्रतिनिधि सभामा भएको मतदानमा अनुपस्थित रहेका आफ्ना चार जना सांसदलाई स्पष्टीकरण मागेको छ ।

मंगलबार नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले अनुपस्थित नेकपा सांसदहरु हरिबोल गजुरेल, गोपालबहादुर बम, धनबहादुर बुढा र शिवकुमार मण्डललाई पाँच दिनभित्र स्पष्टीकरण दिन भन्दै पत्र पठाउनुभएको हो ।

निशान छापमा नेपालको नयाँ नक्सा समेट्ने गरी संविधान संशोधनका लागि शनिबार प्रतिनिधि सभामा भएको मतदानमा नेकपाका ४ जनासहित कुल १२ जना सांसदहरु अनुपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV