सरकारलाई दबाब दिदै देश तथा विदेशबाट एकसाथ काँग्रेसले सरकारलाई बुझायो ज्ञापनपत्र



प्रकाशित मिति : Jun 16, 2020
  • महेश्वर केसी/तारा आचार्य,

काठमाडौं÷विराटनगर, २ असार । प्रमुख प्रतिपक्षी नेपाली काँंग्रेसले स्वदेश तथा विदेशबाट एक साथ सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

कोरोना भाइरसका कारण विकराल बन्दै गएको परिस्थितिका बारेमा सरकारलाई दबाब दिन स्वदेश र विदेशबाट एक साथ प्रधानमन्त्रीलाई विशेष ज्ञापन पत्र बुझाएको हो ।

नेपाली काङगे्रस काठमाडौंले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा र मोरङ्ग जिल्ला समितिले मङ्गलबार जिल्ला प्रशासन कार्यालय मोरङ्ग मार्फत प्रधानमन्त्री ओलीलाई २२ बुँदे ज्ञापनपत्र पठाएको छ ।

कांग्रेसले कोभिड–१९ सङक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जनताको सरोकार र आवश्यकताका बिषयलाई सम्बोधन गर्न सरकारले तत्काल चाल्नुपर्ने कदमका सम्बन्धमा ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।

कोरोना महामारीको बिषम परिस्थितिमा पनि सरकारले स्वास्थ्य सामग्री खरिद तथा व्यवस्थापन खर्चमा भ्रष्ट्राचार गरेको, जनताको जनजीवनबारे महत्व नदिएको, जनताको स्वास्थ्यसँग खेलवाड गरेको र बलात्कार तथा हत्या जस्ता अपराधिक गतिविद्यिलाई समेत नियन्त्रण एवं व्यवस्थित गर्न नसकेको कांगे्रसले पठाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

काठमाडौमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र मोरङमा प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई हस्तान्तरण गरिएको ज्ञापनपत्रमा नेपाली कांँग्रेसले महिला, बालबालिका, गर्भवती तथा अपाङ्गता भएका व्यक्तिहरुलाई ध्यानमा राखी सुरक्षित क्वारेन्टाइनहरुको उचित व्यवस्थापन गर्नुपर्ने, कोरोना परीक्षणको दायरा बढाउनुपर्ने माग राखिएको छ ।

त्यस्तै वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरुको सीप तथा दक्षतालाई उत्पादनमुलक कार्यमा लगाउनुपर्ने, लकडाउन प्रभावित वर्गका लागि दोश्रो चरणको बिशेष राहत प्याकेजको व्यवस्था मिलाउनुपर्ने, लकडाउन अवधिभरको ब्याज तथा कर मिनाह गरी उद्योगी व्यवसायीलाई राहत प्रदान गरिनुपर्ने, विभिन्न स्थानमा रहेका क्वारेन्टाइनहरुमा थप चिकित्सकीय जनशक्तिको व्यवस्था मिलाउनुपर्ने, तत्कालै मोरङ्गमा १ हजार शैयाको सुविधा सम्पन्न आईसोलेसन वार्डको व्यवस्था मिलाउनुपर्ने र लकडाउन अवधिमा विद्यार्थीहरुले तिर्नुपर्ने शैक्षिक शुल्क मिनाह हुनुपर्ने लगायतका २२ बुँदे मागहरु समेटिएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com