आत्महत्या दुरूत्साहन’को आरोपमा निरौला प्रहरीको नियन्त्रणमा



प्रकाशित मिति : Jun 16, 2020

तेह्रथुम, २ असार । तेह्रथुमको लालीगुराँस नगरपालिका शिक्षा शाखा प्रमुख रामकृष्ण निरौलालाई ‘आत्महत्या दुरूत्साहन’ को आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

एक सहकारीका ब्याबस्थापकले आत्महत्या गर्नुमा लालीगुराँस नगरपालिका शिक्षा शाखा प्रमुख निरौलाविरुद्ध जिल्ला अदालतमा मुद्धा दर्ता भए पछि प्रहरीले निरौलालाई पक्राउ गरको हो ।लालीगुराँस नगरपालिका ८ सोल्माका ३४ बर्षीय कुवेर दाहाललाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा शिक्षा शाखा प्रमुख निरौलाविरुद्ध गत जेठ २९ गते किटानी जाहेरी परेको थियो ।

मृतकको परिवारकोतर्फबाट उनका दाजु खेमप्रसाद दाहालले इलाका प्रहरी कार्यालय बसन्तपुरमा निरौलाविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए । दाहाल गत जेठ २९ गते विहान घर नजिकैको रुखमा झुण्डीएको अवस्थामा मृत फेला परेका थिए ।

स्थानीय एक कृषि सहकारी संस्थाको व्यवस्थापक रहेका दाहाल र निरौलाबीच गत जेठ २८ गते बेलुकी भएको टेलीफोन संवादमा विभिन्न आरोप लगाउदै पैसा समेत मागेको र त्यो पैसा उपलव्ध नगराए कालोवजारी गरेको आरोपमा १० बर्ष जेल हालिदिने भन्दै मार्ने सम्मको धम्की दिएको मृतकका दाजु खेमप्रसादले प्रहरीमा दर्ता गराएको किटानी जाहेरीमा उल्लेख छ ।

उक्त सहकारीले ढुवानी अनुदानको रासायनीक मल ल्याएर आफ्नो वडा भन्दा बाहिरका किसानलाई विक्रि गरेको आरोप लगाउदै शिक्षा शाखा प्रमुख निरौलासहितका व्यक्तिले दाहाललाई केही दिन अघिदेखि मानसिक रुपमा दवाब दिदै आएको जोहेरी पत्रमा उल्लेख छ ।

सहकारी संस्थाले बिक्री गरेको रासायनीक मलको बिषयलाई लिएर निरौलासहितका व्यक्तिले दाहाललाई बदनाम गराउने, कारवाही गराउने, टेलीफोन सम्पर्क गरी मानसिक दबाव दिने लगायत कार्य गरी आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै उनका दाजु खेम प्रसादले इलाका प्रहरी कार्यालय बसन्तपुरमा किटानी जाहेरी दर्ता गराएका थिए ।

जाहेरी दर्ता पछि प्रहरीले अदालतबाट आदेश लिएर निरौलालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नविन किशोर प्रधानले बताउनुभयो । पक्राउ परेका निरौलालाई प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय मार्फत अदालतबाट दुई दिनको म्याद थप गरी अनुसन्धान गरी रहेको जनाएको छ । कानुनले आत्महत्याको दुरुत्साहन गर्ने वा आत्महत्याको लागि परिस्थिति खडा गर्ने कार्यलाई कसुरको रूपमा लिएर दण्डनीय बनाइएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १८५९१० मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन नहुने व्यवस्था उल्लेख गरिएको छ भने १८५ ९२० मा त्यस्तो कसुर प्रमाणीत भएमा ५ वर्ष सम्म कैद र ५० हजार सम्म जरिवाना हुने प्रावधान छ ।

त्यसै गरी प्रमाण ऐन, २०३१ को दफा ११ मा मृत्युकालीन घोषणालाई प्रमाणको रूपमा लिन मिल्ने व्यवस्था गरिएको छ । उक्त दफामा लेखिएको छ, ‘मरेको व्यक्तिले आफू मर्न लागेको अवस्थामा होस छंदै आफ्नो मृत्युको कारणका सम्बन्धमा व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ ।’


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com