अभिनेता सुशान्तको मृत्यु प्रकरणमाथि मुम्बई प्रहरीले अनुसन्धान थाल्ने



प्रकाशित मिति : Jun 16, 2020

एजेन्सी, २ असार । बलिउड अभिनेता सुशान्त राजपुतको पोस्टमार्टमको रिपोर्टले उनको मृत्यु झुण्डिएर अर्थात आत्महत्यबाट भएको देखाएको छ । केही भारतीय मिडियाहरुका अनुसार उनी आफ्नो पेशागत प्रतिष्पर्धाको कारण क्लिनिकल डिप्रेशनको शिकार बनेका थिए । मुम्बई प्रहरीले पनि सुशान्तको मृत्युको यस पक्षलाई अनुसन्धान गर्ने जनाएको छ ।

महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले सोमबार राति एक भिडियो ट्वीट गरेर यसबारेमा जानकारी गराएका हुन् । मिडियामा सुशान्तले फिल्म उद्योगमा व्यावसायिक प्रतिस्पर्धाका कारण आत्महत्या गरेको समाचारहरू आएको छ । पुलिसले यस विषयमा अनुसन्धान गर्नेछ । कंगना रनौत लगायत बलिउडका केही कलाकारहरूले आरोप लगाए कि सुशान्त बलिउडमा (नेपोटिज्म)को शिकार थिए र कसैले पनि उसको वास्ता गरेका थिएनन् । हेयर स्टाइलिस्ट सपना भवानीले पनि सुशान्त केही समस्याका साथ संघर्ष गरिरहेको बताइन् ।

सपना लेख्छिन्, “यो कुनै गोप्य कुरा होइन कि सुशान्तले विगत केही वर्षहरुबाट कठिन अवस्थामा पार गरिरहेका थिए, कसैले सुशान्तलाई समर्थन गरेनन् , कोही पनि सहयोग गर्न अगाडि आएनन् , आज सबै जना ट्वीट गरेर शोक व्यक्त गरिरहेका छन् तर यस्तले यो देखाउँछ कि यो उद्योग कति स्वार्थी छ र यहाँ कोही पनि तपाईंको आफ्नो छैनन् भन्ने । ’

बिहार पटनाका सुशान्त टिभी धारावाहिक पवित्र रिस्ताबाट ख्याति कमाएपछि उनले बलिउडमा आफ्नो स्थान बनाएका थिए । सुशान्तको आत्महत्याले भारतमा मानसिक स्वास्थ्य समस्यामाथि बहसलाई पनि तीव्र पारेको छ । द अनटोल्ड स्टोरी’, ’पीके’, ’ब्योमकेश बक्शी’ र ’छिचोर’ जस्ता लोकप्रिय फिल्महरूमा काम गर्ने सुशान्त सिंह राजपुत आइतबार उनको बान्द्रास्थित निवासमा मृत भेटिएका थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com