‘क्वारेन्टाइनमा मान्छे मर्दा मन नदुखेको सरकारलाई बलात्कार हुँदा मन दुख्छ कि दुख्दैन?’



प्रकाशित मिति : Jun 16, 2020

काठमडाैं, २ असार । राष्ट्रिय सभाका सांसद प्रकाश पन्तले क्वारेन्टाइनमा बसेकी महिलामाथि भएका सामूहिक बलत्कार गर्नेलाई कारबाही गर्नुपर्ने माग गर्नुभएकाे छ ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरुमाथि छलफलमा बाेल्दै सांसद पन्तले क्वारेनटाइनमा बसेकी महिलामाथि भएका सामूहिक बलत्कारको भत्र्सना गर्नुहुँदै  त्यसमा संलग्न जो कसैलाई पनि कारवाहीको दायरमा ल्याउन माग गर्नुभयाे ।

उहाँले क्वारेनटाइनकाे अवस्था नाजुक भएको टिप्पणी पनि गर्नुभयाे । ‘क्वारेनटाइनमा बसेका मानिस कहिले मर्ने त कहिले बलात्कारको शिकार भएका छन्,’ उहाँले भन्नुयभाे, ‘यी घटनाले सरकारको ध्यान क्वारेनटाइनमा छैन भन्ने प्रष्ट भएको छ।’ ‘क्वारेनटाइनमा मान्छे मर्दा मन नदुखेको सरकारलाई बलात्कार हुँदा मन दुख्छ कि दुख्दैन? सरकार अब त इन अफ भएन र ?’

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com