२ असार २०७७, मंगलवार

काठमाडौं, २ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य बेदुराम भुसालले अहिलेको मन्दिर निर्माणभन्दा विद्यालयका भवन निर्माणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएकाे छ ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरुमाथि छलफल गर्दै भुसालले मन्दिर निर्माणभन्दा विद्यालयका भवन निर्माणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने तर सरकारले त्यसतर्फ बजेट विनियोजन नगरेको बताउनुभयाे ।

‘राज्यले विद्यालय बनाउनका निम्ति केही बजेट छुट्याइएको छैन् । मैले देखिन विद्यायल भवन निर्माणका निम्ति यति बजेट, स्थानीय तहमा पठाइएको छ भनेर कही उल्लेख गरिएको छैन् । भनिएको छ स्थानीय तहमा हामीले प्राविधिक शिक्षा दिनेछौं । नीति कार्यक्रममा आएको छ, बजेटमा आएको छ,’ उहाँले भन्नुयभाे, ‘स्थानीय तहमा प्राविधिक शिक्षालय खोल्नका निम्ति बजेट छुट्याइएको छैन् । तर २ सय ३ मन्दिर बनाउनका निम्ति तिनीहरुको मर्मत सम्भार गर्नका निम्ति बजेट छुट्यइएको छ । आजको आवस्यकता के हो ? मेरो विचारमा आजको आवश्यकता मन्दिर भन्दा पहिले विद्यालय हो ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV