२ असार २०७७, मंगलवार

एजेन्सी, २ असार । न्यूजिल्याण्डमा एक महिनापछि पहिलो पटक कोरोना भाइरसको संक्रमणको नयाँ केस देखा परेको छ ।

न्यूजिल्याण्डका स्वास्थ्य मन्त्रालयका अनुसार दुई व्यक्तिमा संक्रमणको पुष्टि भएको छ। यी दुई व्यक्ति भर्खर ब्रिटेनबाट फर्केका हुन् । दुबै एक अर्कामा सम्बन्धित छन्।

न्यूजिल्याण्डका स्थानीय मिडियाका अनुसार ती दुवै व्यक्तिलाई मृत आफन्त व्यक्तिको अन्त्येष्टिका लागि बाहिरबाट आउने प्रतिबन्धबाट छुट गरिएको थियो ।

न्यूजिल्याण्डले गत हप्ता देशलाई भाइरस मुक्त घोषणा गरेर सबै प्रतिबन्ध हटाइको थियो । तर त्यहाँ अन्तर्राष्ट्रिय यात्रा अझै पनि विदेशबाट प्रतिबन्धित छ र केवल आफ्ना नागरिक र कर्मचारीहरुलाई मात्र आवश्यकताको आधारमा देश फर्कने अनुमति दिइएको छ ।

न्यूजिल्याण्डका प्रधानमन्त्री जेसिंडा अर्डेनले भाइरस मुक्त देशको घोषणालाई ठूलो कुरा भएको बताएका छन् । तर उनले मुलुकमा पुनः कोरोना भाइरसको संक्रमण देखिन सक्ने भन्दै सबैलाई सचेत पनि गराएकी छिन् । कोरोना मुक्त हुनुको सफलतालाई उनले सबैको प्रयास पनि भनेकी छिन् ।

कोरोना महामारी नियन्त्रण गर्न न्यूजिल्याण्डले गरेको प्रयासको प्रशंसनीय छ । किनभने यसले आफ्नो सिमाना बन्द गरेको छ र महामारीको शुरुआती चरणमा देशलाई लकडाउनमा लगेको थियो । न्यूजिल्याण्डमा कोरोनाको संक्रमणबाट २२ भन्दा बढी किवी नागरिकले ज्यान गुमाएका थिए ।

LIVE TV