दोलखाको लामाबगर केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युटको भूकम्प



प्रकाशित मिति : Jun 16, 2020

काठमाडौं, ०२ असार । मंगलबार बिहान दोलखा केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहान ९ बजेर ५३ मिनेट जाँदा लामाबगर केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का दोलखासहित छिमेकी जिल्लाहरुमा पनि महशुस भएको थियो । २०७२ को महाभूकम्प पछि नेपालमा हजारौं पराकम्प आइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com