२ असार २०७७, मंगलवार

काठमाडौं, ०२ असार । स्पेनिस ला लिगा अन्तर्गत गएराति तीन खेल सम्पन्न भएका छन् । राति भएको पहिलो खेलमा सेभिया र लेभान्टेले एक- एकको बराबरी खेलेका छन् । खेलको ८६ औं मिनेटसम्म अग्रता लिएको सेभियाले ८७ औं मिनेटमा आत्माघाति गोल गरेपछि खेल बराबरीमा रोकिन पुगेको थियो ।

सुरूवाती चरणमा अग्रता लिएको सेभियाका लागि ४६ औ मिनेटमा लुक जोङले गोल गरेका थिए । तर ८७औं मिनेटमा डिएगो कार्लोस्ले आत्मघाती गोल गरेपछि खेल बराबरीमा सकिएको थियो । योसँगै २९ खेल खेलेको सेभिया ५१ अंकसहित तेस्रो यथावत रहेको छ । त्यस्तै ३५ अंक रहेको लेभान्टे १२औं स्थानमा रहेको छ ।

गएराति नै भएको अर्को खेलमा पनि ओसासुना र रियल सोसिडाडले एक एकको खेलेका छन् । ओसासुनाले खेलका २९ औं मिनेटमा पेनाल्टी पाएको थियो । एड्रिएन लोपेजले पेनाल्टीलाई सदुपयोग गर्दै ओसासुनालाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ६१औं मिनेटमा सोसिडाडका मिकेल ओयाजाबलले उत्कृष्ठ गोल गर्दै बराबरीमा ल्याएका थिए । यो सँगै २८ खेल खेलेको सोसिडाडको ४७ अंक पुर्याएर चौथो स्थानमा रहेको छ । २८ खेल नै खेलेको ओसासुना ३५ अंकसहित ११औं स्थानमा छ ।

त्यस्तै अर्को खेलमा ग्रानडा र रियल बेटिसले पनि २-२ को बराबरी खेलेका छन् । निकै प्रतिस्पर्धात्मक भएको खेल सकिन ५ मिनेटसम्म १-० ले अघि रहेको ग्रानडा ८५ औ मिनेटपछि भने चुचेको थियो ।

बेटिसले ८५ औं र ८८ औं मिनेटमा लगातार २ गोल गरेपछि उसले २-१ को अग्रता लिएको थियो । तर रोवर्टो सोल्डाडोले इन्जुरि टाइममा ग्राडाका लागि गोल गरेपछि खेल बराबरीमा रोकिएको थियो । यो सँगै २९ खेल खेलेको ग्रानडाको ४२ अंक जोड्दा आठौं स्थानमा पुगेको छ । २९ खेल नै खेलेको बेटिस ३४ अंकसहित १३औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV