आजको राशिफल : असार २ गते, मंगलबार



प्रकाशित मिति : Jun 16, 2020

वि.सं.२०७७ साल आषाढ ०२ गते । मंगलबार । ईश्वी सन् २०२० जुन १६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ कृष्णपक्ष । तिथि– दशमी,०१ घडी ०८ पला,बिहान ०५ बजेर ३७ मिनेट उप्रान्त एकादशी । नक्षत्र– अश्विनी,अहोरात्र । योग– शोभन,२३ घडी ४८ पला,दिउसो ०२ बजेर ४१ मिनेट उप्रान्त अतिगण्ड । करण–भद्रा,बिहान ०५ बजेर ३७ मिनेट उप्रान्त बव,बेलुकी ०६ बजेर३६ मिनेट उप्रान्त वालव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५९ मिनेट । दिनमान ३४ घडी ३४ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखी रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । सुन्दर तथा विलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा विशेष उपाहार प्राप्तिको योग रहेकोछ । तरपनि समय अनुकुल नरहेकोले यात्रा भरसक नगर्नुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला । काम गर्दा नीति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नाले आर्थिक क्षेत्र कमजोर रहनेछ । भौतिक सम्पति तथा द्रव्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अविश्वास गर्नाले टाढिनु पर्ने हुन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्नी विचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाइले तपाईँको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । इच्छा तथा मनोकामनाहरु पुरा हुनेछन् । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धित सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययनमा समय दिई आफ्नो विद्यालार्ई निखार्ने सकिनेछ । आटेका तथा चाहेका कामहरु गर्न सकिने तथा साथीभाइहरुको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईको कामदेखि सबै प्रशन्न हुनेछन् । तरपनि समय प्रतिकुल रहेकोले सरसफाइमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । धर्म तथा धर्म विस्तारकाे लागि समय दिनु पर्नेछ भने सस्कार परिवर्तनमा तपाईँको भूमिका महत्वपुर्ण हुनेछ । प्रशासनिक क्षेत्रमा तपाईँको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरका लागि समयले साथ दिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडिहरुले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यावसायमा आम्दानि नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदी बहिनीहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथीभाइहरु तपाईँदेखि टाडिन सक्छन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइमा प्रविधिको प्रयोग गरि भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुसी रहनेछन् । पारिवारका साथ स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबीच मायाको डोरो कसिलो हुनेछ । तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । तरपनि काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) रमाइलो भेटघाट हुने तथा स्वादिष्ष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझावलाई शिरो धार्य गर्दै अगाडि बढ्न सके गन्तब्य पहिल्याउन सहज हुनेछ । व्यापारमा लगानी गरिन मनग्गे आम्दानी हुनेछ भने नया योजनाको रुप रेखा कोर्न सकिनेछ । प्रेममा नजिक भई आफ्ना भावाना साटासाट गर्न पाइने हुँदा पन प्रशन्न रहनेछ । उपाहार तथा भौतिक सम्पति प्राप्तिको योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) घरायसि समस्या एक्कासि बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमासँग मनमुटाव हुँदा मन खिन्न हुनेछ भने आफन्तको साथ पाइने छैन । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिएपनि नतिजाको लागि केही समय कुर्नुनै पर्नेछ । तरपनि कृषि तथा सहकारि व्यावासायमा भने मनग्गे आम्दानि हुने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) परिवारका साथ जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममाको गाठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसियालि छाउनेछ । दाजुभाइ तथा अन्य इष्टमित्रबाट सहायोग हुने हुँदा मन खुसी रहनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि उद्योग तथा व्यापार व्यावसायमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पहिले गरेका कामबाट मनग्गे आम्दानि हुनेछ भने समयमा स्रोत साधन तथा भौतिक सम्पति जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ । विद्या तथा प्रतिस्पर्धिहरु हार खानेछन् भने तपाईँको कुरा काट्ने हरुलाई पाठ सिकाउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरण तथा हासखेलमा समय बित्नेछ । पढाइ लेखाइमा थोरै समय दिँदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकनेछ ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषी गणेश काफ्ले ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com