सद्गुरु मास्टर्स कप अनलाइन इन्टरनेशनल करातेमा नेपाललाई दुई पदक



प्रकाशित मिति : Jun 15, 2020

काठमाडौं, १ असार । सद्गुरु मास्टर्स कप अनलाईन इन्टरनेशनल कराते काता च्याम्पियनशीप २०२० मा नेपालले एक स्वर्ण र एक रजत प्राप्त गरेको छ ।

केरला कराते संघ, भारतको आयोजनामा भएको च्याम्पियनशीपको महिला ३५ बर्ष माथिको ईभेन्टसमा नेपाली खेलाडी निता आचार्यले फिलिपिन्सकी ईसेल बोनो अक्विनोलाई फाईनलमा पराजित गर्दै स्वर्ण हात पारेकी हुन् ।

उनले २४।१४ अंक प्राप्त गरेकी थिईन् । उनकी प्रतिद्वन्दी अक्विनोले २३।८ अंक प्राप्त गरेकी थिईन् ।

यस्तै कराते खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धर रजतमा नै सीमित भए । ३५ – ४५ बर्ष उमेर समूह ‘ए’ बाट फाईनल प्रवेश गरेका उनी स्पेनका खेलाडी जिसस कनसुयगरासंग पराजित हुँदै रजतमा चित्त बुझाउन बाध्य भएका थिए । जिससले २४.६४ अंक प्राप्त गर्दा मानन्धरले २४।३८ अंक प्राप्त गरेका थिए ।

बिश्व कराते महासंघ र एशियाली कराते महासंघको नियममा खेलाईएको अनलाईनल च्याम्पियनशीपमा ३५–४५, ४५–५५, ५५–६५ र कुबुदो गरी ४ विधामा प्रतिष्पर्धा गराईएको थियो । च्याम्पियनशीपमा जापान, भारत, स्पेन, श्रीलङ्का, नेपाल, फिलिपिन्स, भियतनाम, भनेजुयला लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com