प्रहरी निरीक्षक पदमा बढुवा भएकाहरुलाई दज्र्यानी चिन्ह प्रदान



प्रकाशित मिति : Jun 15, 2020
  • उत्तम पौडेल

पोखरा, १ असार । गृह मन्त्रालयको आइतबारको निर्णायानुसार नेपाल प्रहरी जनपद प्रहरी समूहको प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएका प्रहरी अधिकृतहरुलाई एक कार्यक्रमका बीच गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले दर्ज्यानी चिन्ह शुसोभन गर्नुभएको छ ।

दर्ज्यानी चिन्ह शुसोभन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक अर्यालले पदोन्नति भएसंगै थपिने व्यावसायीक जिम्मेवारीलाई गहनताका साथ लिई पदीय मर्यादालाई समेत आत्मसाथ गरी कार्य सम्पादन गर्न गराउन बढुवा भएका प्रहरी अधिकृतहरुलाई निर्देशन गर्नुभएको छ ।

साथै प्रहरीले लगाउने निलो बर्दी प्रहरी पोशाक मात्रै नभइ आम नागरिकको आस्था र भरोसाको केन्द्र समेत भएकाले दिनप्रतिदिन नागरिकको प्रहरी प्रति बढ्दो अपेक्षालाई मध्यनजर गर्दै जनमुखी प्रहरी सेवा प्रवाह गर्न समेत उहाँले निर्देशन दिनुभएको हो ।

बढुवा हुनुभएका प्रहरी निरीक्षकहरुको तर्फबाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी निरीक्षक रोशन थापाले दर्ज्यानी चिन्हसंगै थपिएको जिम्मेवारीलाई उच्च व्यवसायिक निष्ठाका साथ निर्वाह गर्दै विभागीय नीति निर्देशनलाई अक्षरश पालना गरी नागरिक सेवामा आफूहरु हरप्रहर खटिन कटिवद्ध रहेको बताउनुभयो ।

उक्त दर्ज्यानी चिन्ह शुसोभन कार्यक्रममा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, संघीय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर खत्री, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणा लगायत पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com