१ असार २०७७, सोमबार
  • मनिराज पाण्डे

सुर्खेत, ०१ असार । सुर्खेतको गुर्भाकोट नगरपालिका ७ स्थित क्वारेन्टाइनमा बसेका एकजनाको मृत्यु भएको छ ।

१३ दिनअघि भारतको गढवालबाट फर्किएका गुर्भाकोट नगरपालिका ८ का ५० वर्षीय पुरुषको मृत्यु भएको मेयर हस्त पुनले जानकारी दिए ।

सोमबार बिहान आफैले खाना पकाएर खाएका ती व्यक्ति एक्कासी छाती दुख्यो भनेर पल्टिएका थिए । त्यतिकैमा उनको मृत्यु भएको मेयर पुनले बताए ।

मृतकको स्वाव पीसीआर परिक्षणको लागि सुर्खेत प्रयोगशालामा पठाइएको मेयर पुनले बताउनु भयो । मृतक पुरुष पहिलेदेखि नै क्षयरोगका बिरामी थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV