१ असार २०७७, सोमबार
  • शीतल भट्ट,

कञ्चनपुर , १ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष ०७७/७८ का लागि ३३ अर्ब बराबरको बजेट प्रस्तुत गरेको छ ।

सोमबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहोराले बजेट प्रस्तुत गरेका गर्दै स्वास्थ्य क्षेत्रको विकासमा बजेटले विशेष जोड दिएको बताउनुभयो ।

मन्त्री बोहोराले प्रदेश सभामा आगामी बर्ष २०७७/७८ को बजेट ३३ अर्ब ३८ करोड १३ लाखको बजेट प्रस्तुत गर्नु भएको हो ।

बजेटको चालु तर्फ १४ अर्ब १८ करोड ७८ लाख अर्थात कुल बजेटको साढे ४२ प्रतिशत विनियोजन गरिएको छ भने पुँजीगत तर्फ १६ अर्ब ७२ करोड ८४ लाख अर्थात कुल बजेटको ५० दशमलव २ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले चालु आर्थिक बर्ष ०७६/७७ का लागि २८ अर्ब १६ करोड बराबरको बजेट ल्याएको थियो ।

प्रदेश सरकारले बजेटमा स्वास्थ्य क्षेत्र ,कृषि र रोजगारीलाई प्राथमिकतामा राखेको छ । बजेटमा प्रदेश सरकारले यस वर्ष कोरोना रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेर स्वास्थ्य क्षेत्र सुधारमा बढी जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV