क्वारेन्टाइन करणी काण्ड : न्याय माग्दै पीडित पक्षधरको प्रर्दशन, लम्कीचुहामा दिनभर तनाव



प्रकाशित मिति : Jun 15, 2020
  • रमेश बजगाई,

कैलाली, १ जेठ । शहीद स्मति माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा एक महिलाले आफुलाइ सामूहिक बलात्कार भएको घटना सार्वजानिक गरेपछि कैलालीको लम्कीचुहा नगरपालिका दिनभर तनावग्रस्त बनेको छ ।

पीडित महिलाका आफन्त र स्थानीयले दोषीलाई कारवाहीको माग गर्दै बिहानैदेखि लम्कीबजारमा प्रर्दशन गरेका थिए ।

पीडित महिलालाई न्याय दिनु पर्ने भन्दै उनीहरुले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन । आक्रोशित स्थानीयले तत्काल न्याय दिन माग गरेका छन् ।

कोरोनाको कहरका बिचमा सुरु भएको आन्दोलनले उग्ररुप लिएपछि भीड नियन्त्रण गर्न प्रहरीलाई हम्मे हम्मे परेको थियो । टन्टलापुर गर्मीमा समेत सयौको संख्यामा मानिसहरु आन्दोलनमा सहभागी भएका थिए ।

घटनाको बिषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी निकट राष्ट्रिय युवा संघ नेपालले पनि लम्की चौराहमा बिरोध सभा गरेको छ ।

वडा नम्बर १ को कार्यालय तोडफोडको छानविन हुनुपर्ने र महिलाले न्याय पाउनु पर्ने माग राष्ट्रिय युवा संघ नेपालका नेताहरुले राखेका छन ।

पीडित महिलाको जाहेरीको आधारमा प्रहरीले घटनामा संलग्न भएको अभियोगमा ३ जनालाई पक्राउ गरिसकेको छ । उनीहरु माथि थप अनुसन्धान गरी कारवाही गर्ने प्रहरीले बताएको छ ।

यता सोमबार नै लम्कीचुहा नगरपालिकामा सर्बपक्षीय बैठक बसेको छ । स्थानीय सरकारले घटनाको सत्य तथ्य बाहिर ल्याउने आश्वासन दिएपछि केही दिन आन्दोलन रोक्ने पीडित पक्षले जनाएको छ ।

नागरिकको सुरक्षामा स्थानीय सरकार कटिबद्ध रहेकाले दोषीलाई कारवाही गरी महिलालाई न्याय दिलाउन पहल गर्ने लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेब बजगाईले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com