ट्याक्टर खस्दा बेपत्ता भएका दुई मध्ये एकको शव फेला



प्रकाशित मिति : Jun 15, 2020
  • भगतराम थारु

बाँके, १ असार । राप्तीसोनारी गाउँपालिका– वडा नं. २, अगैयास्थित राप्ती नदीमा ट्याक्टर खस्दा वेपत्ता भएका दुई मध्ये एक जनाको शव फेला परेको छ ।

बेपत्ता भएका मध्ये एक जनाको शव फेला परेको प्रहरीले जनाएको हो । वेपत्ता भएका दुई जनाको खोजी गर्दा सशस्त्र प्रहरीको गोताखोरको टोलीले राप्तीसोनारी गाउँपालिका–३, भगौतीपुरका २६ बर्षीय पूर्णबहादुर थारुको शव फेला पारेको हो ।

खोलाजन्य बस्तु बोकेको ना ७ त ५१८ नं. को ट्याक्टर पुलबाट सय मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ । ट्याक्टर खस्दा ट्याक्टर चालक राप्तीसोनारी गाउँपालिका–३, भगौतीपुरका १७ वर्षीय सुनिल थारु बेपत्ता छन् ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले बेपत्ताको खोजी गरिरहेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com