प्रदेश दुईमा एक सय ७१ संक्रमित थपिए



प्रकाशित मिति : Jun 15, 2020
  • घनश्याम मिश्र

जनकपुरधाम, १ असार । पछिल्लो २४ घण्टामा प्रदेश नम्वर २ मा ५ महिला र १ सय ६६ जना पुरुष गरी कुल १ सय ७१ जना ब्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

प्रदेश २ सरकारले नियमित रुपमा सञ्चालन गर्दै आएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सिरहा जिल्लामा ४ जना, धनुषा जिल्लामा ४ जना, महोत्तरी जिल्लामा ३० जना, सर्लाही जिल्लामा २३ जना, रौतहट जिल्लामा ९८ जना, बारा जिल्लामा २ जना र पर्सा जिल्लामा १० जना ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश नम्वर २ मा पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमित पुरुषहरु उपचार पश्चात स्वस्थ्य भई बिभिन्न स्वास्थ्य संस्थाबाट डिस्चार्ज भएका छन् ।

जसमा धनुषा जिल्ला स्थित प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत लक्ष्मीनिया गाउँपालिकामा रहेको वीपी मेमोरियल पोलिटेक्निकल ईन्टिच्यूटको आइसोलेसन कक्षबाट २ जना पुरुष, बारा जिल्ला कलैया अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालबाट १ जना र पर्सा जिल्लामा नारायणी अस्पताल अन्तर्गत रहेको कोभिड १९ बिषेश अस्पताल गण्डक अस्पतालबाट १३ जना पुरुषहरु डिस्चार्ज भएका छन् ।

योसँगै प्रदेश २ बाट निको भएर हालसम्म ४ सय ७८ जना ब्यक्तिहरु डिस्चार्ज भएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com