सामाजिक दूरीका लागि बास्तवमा कति दूरी सही हो ?



प्रकाशित मिति : Jun 15, 2020

एजेन्सी, १ असार । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सामाजिक दूरीको नियम अन्तर्गत निर्धारित दुई मिटरको दुरीको समीक्षाको आदेश दिएका छन् ।

सामान्यतया, यदि कोरोना संक्रमित व्यक्तिको नजिक गएमा संक्रमित हुने जोखिम पनि त्यति नै बढी हुने जनाइएको छ । विज्ञहरुका अनुसार संक्रमणको जोखिम दुई मिटरको सट्टा एक मिटर हुनु भन्दा १० गुणा बढी छ ।

यद्यपि विश्व स्वास्थ्य संगठनले कम्तिमा एक मिटरको दूरी कायम राख्न सुझाव दिएको छ। तर यो दूरीको मात्र होइन संक्रमणको जोखिम पनि संक्रमित व्यक्ति वरपर कति समय बस्छ र त्यहाँ हावा आवतजावत कसरी हुन्छ ? वा मास्क लगाएका छन् की छैन भन्ने प्रश्नमा पनि निर्भर रहने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com