१ असार २०७७, सोमबार

एजेन्सी, १ असार । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले फ्रान्सले कोरोनाकोबिरूद्धको पहिलो लडाई जितेको भन्दै अब धेरै प्रतिबन्धहरू हटाइने बताएका छन् ।

म्याक्रोनले आइतबार कोरोना महामारीको सुरुवात भएदेखि आफ्नो चौथो सम्बोधनमा तीन महिना लामो लकडाउन पछि देशको अर्थतन्त्रलाई फेरि पूर्वावस्थतामा ल्याउने समय आएको बताए।

पेरिसमा, बार र रेष्टुरेन्टहरू खोल्न अनुमति दिइनेछ र तिनीहरूले रेस्टुरेन्ट भित्र उपभोक्ताहरूलाई स्वागत गर्न सक्षम हुने जनाइएको छ । स्कूलहरू अनिवार्य रूपमा जून २२ बाट खोलिनेछ र यसका लागि स्कूलहरूले राम्रो तयारी गर्नु आवश्यक रहेको बताइएको छ ।

म्याक्रोनले भने, ‘मानिसहरूले हामी फेरि सामान्य जीवन बिताउन थाल्ने छ भनेर आशा गर्न सकिन्छ । तर हामीले यो बिर्सनु हुँदैन कि भाइरस पूर्ण रूपले उन्मूलन गरिएको छैन। हामीले भाइरससँग लामो समयसम्म बाँच्नु त्यसैले सबैले नियमहरू पूर्ण रूपमा पालना गर्नुपर्ने छ ।’

उनले अगाडि थपे, ‘यस बर्षको गर्मी अन्य वर्षहरु भन्दा फरक हुनेछ र यदि भाइरस पहिले भन्दा शक्तिशाली भयो भने हामी पनि तयार हुनुपर्दछ। यो महामारीको बिरूद्धको हाम्रो युद्ध समाप्त भएको छैन तर म खुशी छु कि यसबिरूद्ध पहिलो युद्ध हामीले जितेका छौं।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV