१ असार २०७७, सोमबार

एजेन्सी, ०१ असार । ब्राजिलमा कोरोना भाइरसबाट ज्यान जानेको संख्या तीव्र गतिमा बढ्दै गएको छ ।

आइतबारसम्म त्यहाँ कोरोनाबाट ज्यान जानेको संख्या ४२ हजार ७ सय २० रहेको सोमबार कोरोनाबाट ज्यान जानेको संख्या बढेर ४३ हजार ३ सय ३० पुगेको छ ।

जोन्स हपकिन्स युनिभर्सिटीको ड्यासबोर्डका अनुसार ब्राजिल संसारको सबैभन्दा बढी प्रभावित देशहरूको सूचीमा अमेरिका भन्दा पछि दोस्रो स्थानमा छ । त्यहाँ, कोरोना संक्रमित ८ लाख ६७ हजार ६ सय २४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV