कपिलवस्तुमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



प्रकाशित मिति : Jun 15, 2020
  • मनोज श्रीवास्तव

कपिलवस्तु, ०१ असार । कपिलवस्तुमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा संक्रमितको संख्या ६ सय ४६ पुगेको स्वास्थ्य कार्यालय, कपिलवस्तुले जानकारी गराएको छ ।

थपिएका संक्रमितहरुमा वाडगंगा नगरपालिकाका वडा नम्बर २ का वर्ष २० का १ जना पुरुष, वडा नम्बर ३ का वर्ष २२,२४ का २ पुरुष, वडा नम्बर ४ का वर्ष ४०,४१ का २ जना पुरुष, वडा नम्बर १० का वर्ष १९,२५,३५ का ३ पुरुष र वडा नम्बर ११ का वर्ष २१ का १ जना पुरुष गरी कुल ९ जना रहेका छन् ।

यसैगरी विजयनगर गाउँपालिका वडा नम्बर १ का २१,२९ वर्ष का २ जना पुरुष र वडा नम्बर ३ का वर्ष २६ का पुरुष १ जना गरी ३ जना संक्रमित थपिएका छन् । संक्रमण देखिएका सबैको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौँमा परीक्षण गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com