जनकपुरको मठ मन्दिर सुचारू गर्न हिन्दू परिषद्को माग



प्रकाशित मिति : Jun 15, 2020
  • घनश्याम मिश्र

जनकपुरधाम, १ असार । हिन्दू परिषद्ले नेपाल जनकपुर नगर कमिटीले जनकपुरधामका मठ मन्दिरहरूलाई तत्काल सुचारू गर्नुपर्ने माग गरेकाे छ । परिषद्ले आइतबार धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई ज्ञापन पत्र बुझाउँदै उक्त माग गरेकाे हाे ।

लकडाउन कारण विशेष भिडभाड हुने स्थानहरूमा प्रवेश निषेध गरिएको छ । साथै विभिन्न मठ मन्दिरहरूमा पनि प्रवेश निषेध  गरिएको छ । काेराेनाभाइरसबाट बच्न अपनाइनु पर्ने सुरक्षित व्यवस्थापन गरी मठ मन्दिरहरूलाई तत्काल सुचारू गर्नुपर्ने परिषद्काे माग छ ।

मन्त्रिपरिषद्काे पछिल्ला निर्णयले लकडाउनलाई खुकुलो गर्ने चरणबद्ध निर्णयसँगै विभिन्न कार्यालय, पसल बजारहरू खुलेकाले मठ मन्दिर समेत भक्तजनहरूको निम्त्ति सुचारू गर्नपर्ने माग राख्दै परिषद्ले ज्ञापन पत्र बुझाएकाे छ । हिन्दू परिषदका नगर अध्यक्ष मिथिलेश कुमार झाले भने, ‘यहाँ स्थानीय प्रशाशनले मस्जिदमा नवाज पढ्न दिएको छ तर मन्दिरमा पूजा पाठ भजन गर्न किन न दिने ?’

अहिले सरकारले निर्धारण गरेको मापदण्ड अनुसार केही पनि नभएकाे झाले बताए  । उनले भने, ‘न सामाजिक दूरी पालन गरिएको छ, न त सेनिटाइजर प्रयोग गरिएको छ, मन्दिरको लागि मात्र कानून किन बनाइएको ?’

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com