कोरोनाबाट मृत्यु भएमा एक लाख राहत, डेढ अर्बको कोभिड कोष



प्रकाशित मिति : Jun 15, 2020
  • मनिराज पाण्डे

कालिकोट, १ असार । कर्णाली  प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट पेश गरेका छन् । बजेटमा कोरोनाबाट कर्णालीमा कसैको मृत्यु भएमा एक लाख राहत उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।

कोरोना विरुद्धको लडाईंमा जनचेतना जगाउनका स्वास्थ्य स्वंयसेविकालाई खटाइने भएको छ । स्वंयसेविकालाइ प्रदेश सरकारले दिइरहेको प्रोत्साहन भत्ता नियमित गरेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाले बताउनुभयो । प्रोत्साहन भत्ताका लागि चार करोड विनियोजन गरिएको छ ।

कोभिड- १९ लाइ परास्त गर्न खटेका सबैलाई उचित प्रोत्साहन दिइने, स्वास्थ्यकर्मीलाई सुरुको तलबको १०० प्रतिशत भत्ता तथा सरसफाईकर्मी, सुरक्षाकर्मी र सवारी चालकलाई ५० प्रतिशत भत्ता दिन बजेट विनियोजन गरिएको मन्त्री ज्वालाले बताउनु भयो । एक अर्ब पचास करोड ५८ लाखको कोभिड कोष परिचालन गरिने मन्त्री ज्वालाको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com