श्रमिक बालिकालाई पारिश्रमिक दिने बहानामा रातिसम्म राखेर म’दिरा खुवाई बे’होस पारि ब’लात्कार



प्रकाशित मिति : Jun 15, 2020

सप्तरी, ०१ असार । श्रमिक बालिकालाई म’दिरा खुवाई बे’होस पारेर ब’लात्कार गरेको आ’रोपमा सप्तरीबाट एक युवक आइतबार प’क्राउ परेका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ का ३७ वर्षीय शिवशङ्कर मण्डल एक वर्षपछि प’क्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तिलाठी कोइलाडी–७ स्थित लक्ष्मीबल्लभ नरसिंह माध्यमिक विद्यालयको कोठामा गत असार १८ गते १४ वर्षीया बालिकालाई ब’लात्कार गरी फरार रहेका आ’रोपितलाई प’क्राउ गरी थप अनुसन्धान कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । प’क्राउ परेका आ’रोपित विद्यालयका कार्यालय सहयोगीसमेत हुन् ।

आ’रोपित मण्डल र विद्यालयको नयाँ भवन निर्माणको रेखदेख गर्ने नाम, ठेगाना थाहा नभएको अन्दाजी ३५\४० वर्षीय मुन्सीले बलात्कार गरेको भन्दै पीडितकी आमाले असार २३ गते जिल्ला प्रहरी कार्यालयमा उ’जुरी दिएकी थिइन् ।

विद्यालय प्राङ्गणमा निर्माण भइरहेको नयाँ भवनमा मजदूरी गर्ने बालिकालाई आ’रोपितले पारिश्रमिक दिने बहानामा अबेर रातिसम्म अल्मलाएर राखेका थिए । रात परेपछि नास्ता खान जोर ज’बर्जस्ती गरी सर्वत भन्दै झुक्याएर स्प्राइटमा म’दिरा मिसाई खुवाएर लठ्याई ब’लात्कार गरेको पीडितले बताएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com