तनहुँ र नवलपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि



प्रकाशित मिति : Jun 15, 2020

पोखरा, १ असार । तनहुँ र नवलपुरमा गरि गण्डकी प्रदेशमा सोमबार बिहानै ६ नयाँ संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाे अनुसार तनहँमा ५ जना र नवलपुरमा १ जना काेराेना संक्रमित थपिएका हुन् ।

तनहूँको घिरिंङ गाउँपालिका स्थायी ठेगाना भइ सोहि गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ४५, २२, २७, २७, र ४६ वर्ष उमेर समुकहका ५ पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । संक्रमितलाई तनहुँकै शुक्लागण्डकी नगरपालिकामा रहेको जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा ल्याईएको निर्देशनालयले उल्लेख गरेको छ ।

यस्तै, नवलपुर बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बसेका २० वर्षिय १ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित पुरुषलाई नवलपुरकै रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिनुभयाे ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको कुल संख्या २०५ पुगेको छ । हालसम्म संक्रमितमध्ये १६ जना निको भएर घर फर्कि सकेका छन् भने १ को मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com