एइबारमाथि रियल मड्रिडको सहज जित, बार्सिलोनासँगको अंक दूरी घटायाे



प्रकाशित मिति : Jun 15, 2020

काठमाडौं, १ असार । कोरोनाभाइरस महामारी पछिकाे आफ्नो पहिलाे खेलमा रियल मड्रिडले सहज जित निकालेको छ । गएराति भएकाे ला लिगामा मड्रिडले एइबारलाई ३-१ गाेल अन्तरले पराजित गर्याे ।

मड्रिडकाे घरेलु मैदान अल्फ्रेडो डे स्टेफानोमा भएको खेल मड्रिडलाई सहज जित दिलाउनकाे लागि कप्तान सर्जियो रामोस, टोनी क्रुस  र मार्सेलोले समान एक/एक गाेल गरे ।

मड्रिडले खेल शुरू भएकाे चाैथाे मिनेटमै गाेल गर्दै सुरुआती अग्रता लिएको थियो । मिडफिल्डर टोनी क्रुसले शानदार गाेल गर्दै मड्रिडलाई अग्रता  दिलाएका थिए ।

त्यसपछि खेलको ३० औं मिनेटमा कप्तान रामोसले गाेल गर्दै मड्रिडकाे अग्रता दाेब्बर बनाए । उनले इडेन हाजार्डकाे पासमा गाेल गरेका थिए । हाजार्ड लामो समयपछि चोटमुक्त हुँदै यसै खेलबाट मैदान फर्किएका हुन् ।

३७ औं मिनेटमा मार्सेलोले गाेल गर्दै मड्रिडलाई ३-० गाेलकाे अग्रता दिलाए ।

पहिलाे हफमा तीन गाेल गरेकाे मड्रिडले दाेस्राे हाफमा भने एक गाेल पनि थप्न सेकन । एइबारले भने एक गाेल फर्कायाे ।

६० औं मिनेटमा पेड्रो बिगासले हानेको प्रहार रियलका गोलकिपर थिबाउट कोर्टुवाको हातबाट चिप्लिएर पोस्टमा छिरेको थियो । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल मड्रिडले ३-१ ले जित्यो ।

याे जितसपछि मड्रिडले लिग लिडर बार्सिलोनासँगको अंक दूरी २ मै झारेको छ । २८ खेल खेलेकाे मड्रिडले ५९ अंक जाेडेका छ भने समान खेल खेलेकाे बार्सिलाेनाले ६१ अंक जाेडेकाे छ ।

लिगमा अब १० खेल्न बाँकी छन् । यता, पराजित एइबार २७ अंकसहित १६औं स्थानमा यथावत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com