उत्तरपूर्वी नाइजेरियामा विद्रोही र सुरक्षाकर्मीबीच भीषण भिडन्त, ६० मारिए



प्रकाशित मिति : Jun 14, 2020

एजेन्सी, ३२ जेठ । उत्तरपूर्वी नाइजेरियामा विद्रोहीहरुसँगको भिडन्तमा २० जना सुरक्षाकर्मी र ४० जना सर्वसाधारणको मृत्यु भएको छ ।

घटनामा कयौं स्थानीय घाइते भएको अन्तर्राष्टिय समाचार संस्थाहरुले जनाएका छन् । विद्रोहीको नियन्त्रणमा रहेको उत्तरपूर्वी नाइजेरियाको बोर्ना राज्यमा सरकारी सुरक्षाकर्मीमाथि आक्रमण भएको समाचारमा जनाइएको छ ।

केही दिनअघि पनि मोंगुनो र नग्नजाई क्षेत्रमा भएका आक्रमणमा ६९ जनाको हत्या भएको थियो । प्रत्यक्षदर्शीका अनुसार विद्रोहीले सरकारी सेनाको सुरक्षा क्याम्पमा आक्रमण गर्न थालेपछि दुवै पक्षबीच भिडन्त भएको हो ।

आक्रमणकारीहरुले उक्त क्षेत्रमा रहेको संयुक्त राष्ट्रसंघको सम्पर्क कार्यालयमा समेत तोडफोड र आगजनी गरेको समाचारमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com