अश्वेत अर्का व्यक्ति मारिएपछि अमेरिकाको एटलान्टा प्रहरी प्रमुखद्वारा राजीनामा



प्रकाशित मिति : Jun 14, 2020

एजेन्सी, ३२ जेठ । अमेरिकाको एट्लान्टाका प्रहरी प्रमुखले राजीनामा दिएका छन् । प्रहरीले चलाएको गोली लागेर एक जना कालो वर्ण मानिसको ज्यान गएपछि प्रहरी प्रमुख एरिका शिल्ड्सले राजीनामा दिएको बीबीसीले जनाएको छ ।

२७ वर्षका रेशर्ड बु्रक्सको शुक्रबार आफ्नै कारमा निदाएका बेला प्रहरीको गोली लागेर ज्यान गएको थियो । प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली बु्रक्सलाई लागेको बीबीसीले जनाएको छ ।

घटनापछि प्रहरी प्रमुख एरिकाले राजीनामा दिएकी हुन् । कालो वर्णका जर्ज फ्लोयडको प्रहरी नियन्त्रणमा ज्यान गएपछि अमेरिकाभर प्रदर्शन भैरहेको छ ।

प्रदर्शनका बीच अर्का कालो वर्णका व्यक्तिको प्रहरीले चलाएको गोली लागेर ज्यान गएपछि दोषीलाई कारबाहीको माग गर्दै एट्लान्टामा प्रदर्शन भएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com