एन्फामा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी, सोमबार एन्फाको आपतकालीन बैठक



प्रकाशित मिति : Jun 14, 2020

काठमाडौं, ३२ जेठ । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फामा अनियमितता भएको र त्यसको आवश्यक छानविनका लागि असन्तुष्ट जिल्ला संघहरुले अख्तियार तथा सार्वजनिक लेखा समितिमा उजुरी दर्ता गरेका छन् ।

काठमाडौ, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघले संयुक्त रुपमा उजुरी दिएका हुन् । असन्तुष्ट जिल्ला संघले आइतबार एक विज्ञप्ती जारी गर्दै उजुरी दिएको बताएका छन् । यता, एन्फाले सोमबार आपतकालीन बैठक बोलाएको छ ।

बैठकमा एन्फाबाट असन्तुष्ट जिल्ला फुटबल संघहरुका विषयमा छलफल हुने बताइएको छ । एन्फाको विरोधमा रहेको भक्तपुर जिल्ला फुटबल संघको कारवाहीका विषयमा बैठकमा छलफल हुने भएको छ ।

केहि समय अगाडि संघको नेतृत्वलाई स्पष्टीकरण पनि सोधिएको थियो । त्यसमा आधारित भएर कारवाहिको प्रक्रियामा निर्णय हुने बताइएको छ । त्यस्तै एन्फाले मानार्थ अध्यक्षमा टासी घलेलाई पुनः ल्याउने तयारी गरेको छ । त्यस्तै कोरोना राहतको बिषयमा बैठकमा निर्णय हुनेछ ।

एन्फाले फिफाबाट आएको रकमका आधारमा जिल्ला फुटबल संघहरुलाई ७५ हजारका दरले राहत दिने निर्णय गरेको छ । जसलाई बैठकले अनुमोदन गर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com