रुकुम घटनामा ३४ जनाविरुद्ध जिल्ला अदातल रुकुममा मुद्दा दायर



प्रकाशित मिति : Jun 14, 2020

रुकुम, ३२ जेठ । पश्चिम रुकुमको चौरजहारीस्थित भएको सामूहिक आ’क्रमणपछि ह’त्याको घटनामा प्रहरीले ३४ जना विरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता गरेको छ ।

प्रहरीले घटनाको अनुसन्धान र अध्ययनपश्चात मुद्दा दर्ता गरिएकामध्ये दुई जना बालबालिका छन् भने एक जनालाई मतियारको रुपमा राखिएको हो ।

बाँकी ३१ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय विभेद तथा छुवाछुत कसुरमा मुद्दा दर्ता गरेको छ । मुद्दा लागेकामध्ये ५ जना फरार रहेका छन् भने बाँकी सबै पक्राउ परेका छन् ।

गएको १० जेठमा रुकुमपश्चिम चौरजहारी नगरपालिका ८ सोतीका स्थानीयहरुको आक्रमणमा परेर ६ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए ।

घटनामा परी भेरी नगरपालिका ११ का गोविन्द शाही, जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका नवराज विक, चौरजहारी नगरपालिका १ का टीकाराम सुनार, भेरी नगरपालिका ४ का गणेश बुढा, लोकेन्द्र सुनार र सञ्जीव विकको शव भेरी नदीमा भेटिएको थियो ।

अहिलेसम्म यो घटनामा २९ जना पक्राउ परेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com