कैलालीको क्वारेन्टाइन बस्दै आएकी एक महिलामाथि सामूहिक करणी !



प्रकाशित मिति : Jun 14, 2020
  • रमेश बजगाई

कैलाली, ३२ जेठ । कैलालीको लम्कीचुहा नगरपालिका १ मा रहेको शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएकी एक महिलाले आफूमाथि सामूहिक बलात्कार भएको आरोप लगाएकी छन् ।

क्वारेन्टाइनको ब्यवस्थापनको लागि स्वास्थ्यकर्मी र स्वंयमसेवकले आफुलाई बलात्कार गरेको उनको आरोप छ । दोषीलाई कारवाहीको माग गर्दै लम्कीबजारमा प्रर्दशन भएको छ । उनीहरुले वडा कार्यालयमा तोडफोड गरेका छन ।

उनी भारतबाट गौरीफान्टा नाका हुँदै नेपाल प्रवेश गरेर जेठ २० गतेदेखि लम्कीचुहा नगरपालिकाले बनाएको लम्कीमा रहेको शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएकी थिइन ।

आक्रोशित स्थानीयले लम्कीचुहा नगरपालिकाको वडा नम्बर १ को कार्यालयमा तालाबन्दीसमेत गरेका छन । पीडित महिलाले सर्जन बि क ,लक्ष्मण परियार ,किसोर परियारले जर्बजस्ती करणी गरेको भन्दै किटानी जाहेरी दिएकी छन ।

प्रहरी बलात्कारको आरोप लागेका ३ जनालाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com