कालिकोटको आइसोलेसन सेन्टरबाट २५ संक्रमित डिस्चार्ज



प्रकाशित मिति : Jun 14, 2020
  • मनिराज पाण्डे,

कालिकोट, ३२ जेठ । कालिकोटको मान्ममा रहेको कोभिड १९ आइसोलेसन सेन्टर एकीकृत भवनबाट २५ जना कोरोना संक्रमित निको भएर डिस्र्चाज भएका छन् ।

उनीहको कोरोना संक्रमणको रिपोट नेगेटिभ आएपछि ७ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भयो ।

कालिकोटमा एक जना बाजुराकासहित २९ जना कोरोना संक्रमित थिए । हालसम्म २ हजार २ सय ९५ जनाको आरडीटी टेष्ट गरिएको छ भने १ हजार ९ सय ७५ जना अझै क्वारेन्टाइनमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com