रामेछापमा संक्रमितको संख्या २१ पुग्यो
- युवराज श्रेष्ठ
रामेछाप, ३२ जेठ । रामेछापमा आज थप दुई जनामा कोरोना भाइरस कोभिड १९ पुष्टि भएको छ । यो संगै रामेछापमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ ।
आज भारत लगायत स्थानबाट आएर क्वारेन्टाइनमा बसेका लिखुतामाकोशी गाउँपालिकाका एक जना र मन्थली नगरपालिकाका एक जना गरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनु भयो ।
कर्णका अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा मन्थली नगरपालिकाका एक जना र लिखुतामाकोशी गाउँपालिकाका एक जना रहेको छ । आइतबार थप संक्रमण पुष्टि भएका दुई जनासहित रामेछाप जिल्लाबाटै स्वाब पठाइएकोमा कोरोना संक्रमण हुनेको संख्या १९ जना पुगेको छ ।
दुइजना काठमाडौमा बसोबास गर्ने रामेछापका नागरिक रहेका छन ।