सुदूरपश्चिम प्रदेशमा ९ जना संक्रमित थपिए



प्रकाशित मिति : Jun 14, 2020
  • शीतल भट्ट

कञ्चनपुर , ३२ जेठ । आइतबार सुदूरपश्चिममा ९ जना कोरोना संक्रमित थपिएका छन् ।

कैलाली प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लोपटक २ सय १२ जनामा कोरोना परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले न्यूज२४ लाई जानकारी दिनुभयो ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २ सय ६४ पुगेको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार आज कञ्चनपुरमा नयाँ संक्रमित भेटिएनन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com