अब प्राइभेट ल्याबहरुले पनि कोरोना परीक्षण गर्ने, स्वास्थ्य मन्त्रालयले खर्च व्यहोर्ने



प्रकाशित मिति : Jun 14, 2020

काठमाडौं, ३२ जेठ । सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना कोरोना भाइरसको संक्रमण परीक्षण गर्न दिने व्यवस्था गरेको छ । आइतबार प्रेस ब्रिफिङमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्राइभेट ल्याबहरुलाई पनि कोरोना जाँच्ने व्यवस्था गरिएको जानकारी दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘अब आवश्यक प्रक्रिया पूरा गरी प्राइभेट ल्याबहरुलाई पनि जाँच्न दिने व्यवस्था गरिएको छ । यसको लागि लाग्ने खर्च नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्था गरेको छ ।’

त्यस्तै, विदेश जानका लागि निरोगिताको प्रमाण–पत्रका लागि गरिने नमूना संकलन वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालको ल्याबमा गरिने व्यवस्था मिलाइएको पनि प्रवक्ता डा. गौतमले जानकारी गराउनुभयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com