संविधान संशोधन विधेयक २०७७ राष्ट्रियसभाद्वारा सर्वसम्मतिले स्वीकृत



प्रकाशित मिति : Jun 14, 2020

काठमाडौं, ३२ जेठ । नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक २०७७ लाई पनि राष्ट्रिय सभाद्वारा सर्वसम्मतिले स्वीकृत गरेको छ ।

संविधानको अनुसूची ३ मा व्यवस्था गरिएको निसान छापमा राख्नका लागि ल्याइएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई राष्ट्रिय सभाले सर्वसम्मतिले सहमति जनाएको छ।

राष्ट्रिय सभाको दोस्रो बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले आइतबारको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संविधान संशोधन विधेयकको प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

सांसदहरूले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रलाई आउने दिनमा नेपालको भोगचलनमा ल्याउनका लागि कूटनीतिक पहललाई एकदम दरो पार्न सरकारलाई सुझाव दिएका छन् ।

तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित गर्ने क्रममा भारत र नेपालबीचको मित्रता कायम राख्नु पर्नेमा जोड दिनु भएको थियो । उहाँले भारतसँग नेपाल सुमधुर सम्बन्ध राख्न चाहने र राखिरहेको पनि बताउनुभयो ।

तुम्बाहाङ्फेले नेपाल भूगोल र जनसंख्याको आधारले सानो भएपनि राष्ट्रियतामा समान रहेको भन्दै नेपाल भारतसँग सानो होइन, भारतकै बराबारीमा रहेको बताउनुभयो । उनले संविधान संशोधन गर्ने नेपालको आन्तरिक मामिला रहेको प्रष्ट पार्दै यसमा मित्रराष्ट्रले टिप्पणी गर्नुपर्ने कुुनै आवश्यक्ता नरहेको पनि बताउनुभयो ।

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com