कोभिड १९ बाट मृत्यु हुनेको संख्या १९ पुग्यो : स्वास्थ्य मन्त्रालय



प्रकाशित मिति : Jun 14, 2020

काठमाडौं, ३२ जेठ । नेपालमा कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्य १९ पुगेको छ । गुल्मीका थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै संख्या १९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धुर्कोट गाउँपालिका वडा नम्बर ४ का ३६ वर्षीय पुरुषको मृत्यु भएको जनाएको छ । उनी भारतबाट आएका थिए । उनीमा गत जेठ १२ गते रुपन्देहीको प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको थियो ।

उनको उपचारको क्रममा जेठ ३१ गते आइसोलेसनमा मृत्यु भएको थियो । उनी क्यान्सर रोगबाट समेत ग्रस्त रहेको बताइएको छ ।

हालसम्म नेपालमा कोभिड १९ बाट सिन्धुपाल्चोक, बाँके, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा, स्याङ्जा, चितवन, अर्घाखाँची, पर्सा र गुल्मीका संक्रमितको मृत्यु भएको छ । अन्य जिल्लामा १/१ जनाको र बारा एवं गुल्मी जिल्लामा २/२ जना संक्रमितको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com