कोरोनालाई जितेर कञ्चनपुरका दुई र काठमाडौंका दुई गरी चार जना घर फर्किए



प्रकाशित मिति : Jun 14, 2020
  • शीतल भट्ट

कञ्चनपुर, ३२ जेठ । कञ्चनपुरका दुई र काठमाडौंका दुई गरी चारजना कोरोना जितेर घर फर्किएका छन् । आइतबार कञ्चनपुरको महाकाली अस्पतालबाट चार जना कोरोना जितेर घर फर्किएका हुन् ।

चारमध्ये दुई जना कञ्चनपुरका स्थानीय र दुई जना काठमाडौंवासी रहेकोे कोभिड् १९ कञ्चनपुर जिल्ला फोकल पर्सन सिद्धराज भट्टले बताउनुभयो । यसअघि उनिहरुलाई कोरोना पोजिटिभ देखिएपछि उपचारका लागि महाकाली अस्पतालमा राखिएको थियो।

कोरोना जितेका चारै जना गड्डाचौकी नाका भएर भारतबाट फर्किएका थिए । काठमाडौँ कागेश्वर मनहराका राजेश हमाल, उनका छोरा तपेन्द्र हमाल, भीमदत्त नगरपालिका २ उल्टाखामका देव बहादुर चन्द र महाकाली नगरपालिका ३ का दिलबहादुर सुनार कोरोना जितेर अस्पतालबाट डिस्जार्च भएका हुन् ।


उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । यसअघि कञ्चनपुरकोे बेदकोट नगरपालिकाका एक जना पुरुष समेत कोरोना जितेर घरमा बसिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com